पुष्प व्यवसायको बर्तमान अवस्था

- Monday, November 30th, 2020
भौगोलिक तथा जैबिक बिबिधता
नेपाल भौगोलिक क्षेत्रले सानो भए पनि जैविक विविधताको दृष्टिले ज्यादै सम्पन्न छ । भू–मध्य रेखा देखि ध्र्र्रुवीय क्षेत्रसम्मको १०,००० किलोमिटर भित्र फैलिएको विभिन्न जलवायुको वातावरणलाई प्रतिनिधित्व गर्ने विविधता तराई र मधेसमा उष्ण क्षेत्र देखि उच्च हिमाली क्षेत्र बीच १०० किलो मिटर भित्र प्राप्त छ । विश्व मानचित्रको अनुपातमा नेपालले ओगटेको भू–भाग केबल ०.१५ मात्र हो । नेपालमा पहिचान भएको करिब ५ हजार ५ सय प्रजातिका फूल फुल्ने विरुवाहरु रहेको तथ्यांक छ जसमा ३ सय २४ प्रजातिहरु अन्य मुलुकहरुमा पाईदैन । विश्व भरिमा हाल अस्तित्वमा रहेका २ लाख ५० हजार भन्दा बढि यस्ता विरुवाहरुको तुलनामा यो संख्या २.२ प्रतिशत हुन आउँछ । जैबिक बिबिधता रहेको नेपालमा सबै खाले फूल बिरुवाहरु (बनस्पति) सजिलै उत्पादन गर्न सकिने पर्याप्त ठाउहरु रहेको हुदा जुनसूकै फूलहरु उत्पादन गर्न सकिने संभावना रहेको छ ।
 
पुष्प व्यवसायको क्षेत्र
फ्लोरिकल्चर भन्नाले फूलको खेती लगायत नर्सरी, ड्राईफ्लावर, टिष्युकल्चर आदि समेतलाई समेटदछ । नर्सरीको शाब्दिक अर्थ सबै प्रकारको बाली हुर्काउने स्थललाई जनाउदछ । फ्लोरिकल्चर क्षेत्र अन्तर्गत आलंकारिक फूल बिरुवाहरु, मौसमी फूल बिरुवाहरु, कट फ्लावर आदि बोट बिरुवाहरु पर्न जान्छन् । मौसमी फूलहरुमा पनि एकथरी मौसममा फूल फूल्दछ र फूल फूली सकेपछि बोट मर्दछ । जसको आयु १ बर्ष वा कम हुन्छ जसलाई मौसमी फूल भनिन्छ । अर्को थरी बोट बिरुवाहरु सधै बाँची रहन्छ तर फूल भने आफ्नो सिजनमा मात्र फूल्ने गर्दछ जसलाई आलंकारिक फूल बिरुवा भनिन्छ । कट फ्लावर भन्नाले फूललाई निश्चित समयमा बोटबाट केहि लामो डाँठ सहित काटिसके पछि स्वागत सत्कार तथा सजावटको लागि बजारमा पठाइन्छ र जसको पोष्टहार्भेष्ट भ्यास लाईफ केहि लामो हुन्छ भने त्यस्ता फूललाई कट फ्लावर भनिन्छ । त्यस्तै कुनै फूललाई सुकाएर बिभिन्न प्रयोजनमा ल्याईन्छ भने त्यस्ता फूललाई ड्राई फ्लावर भनिन्छ । समग्रमा भन्नु पर्दा घरको भित्री भाग वा बाहिरी भाग, शहर, वाटोघाटो, मठमन्दिर, बगैचा, कार्यालयहरु सजावट, बिबाह, ब्रतवन्ध, पास्नि, शुभकामना आदान प्रदान, पाहुनाको स्वागत सत्कार, बिदाई, समबेदना प्रकट गर्दा प्रयोग हुने, मन्दिर, मस्जिद, गिर्जाघरमा देवातालाई चढाउदा प्रयोग गरिने र यसको प्रयोगको लागि सहायक बस्तुको उत्पादन सजावट र बिक्री समेतलाई फ्लोरिकल्चर अन्तर्गत पर्दछ । 
 
पुष्प व्यवसायको बर्तमान अवस्था
पुष्प व्यवसायको व्यवसायीक बिकास स्तिार र प्रबद्र्धन गर्ने उदेश्यले फ्लोरिकल्चर एशोसिएसन नेपालको स्थापना भए पश्चात २८ औ बसन्त पार गरिरहदा पुष्प व्यवसायमा आईपरेका विभिन्न चुनौति तथा समस्याहरुलाई चिर्दै संभावनालाई पहिल्याउदै सम्पुर्ण पुष्प व्यवसायीहरुको हकहितको लागि निरन्तर रुपमा पुष्प व्यवसायको समग्र बिकास, बिस्तार तथा प्रबद्र्धनको क्षेत्रमा कार्य गर्दै आईरहेको छ । 
 
नेपालमा बि.स. २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसायको बजार शहरीकरणको विकास तथा विस्तारसंगै काठमाण्डौँ उपत्यका भित्र मात्र सिमीत नरहि पोखरा, नारायणघाट, हेटौँडा, विराटनगर, धरान, बुटवल, धनगढी लगायतका अन्य शहरहरुमा फैलदो अवस्थामा रहेको छ । आ.ब. २०७६÷७७ सम्म आई पुग्दा ४४ जिल्लामा ७३२ भन्दा बढि पुष्प व्यवसायीहरुले लगभग १५९ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरिरहेकोे छ । यस ब्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ४३५०० भन्दा बढि जनशक्तिहरु रोजगार÷आश्रीत रहेका छन् । पुष्प ब्यवसायमा ६.५ अरव भन्दा बढिको लगानी रहेको छ । 
 
नेपाल सरकारले सन २०२० लाई नेपाल भ्रमण बर्ष (VIsit Nepal 2020) को रुपमा मनाउने उद्धेस्यले नेपाल भ्रमण बर्ष २०२० घोषणा गरी देश बिदेशमा बिभिन्न कार्यक्रमहरु अघि बढाई रहदा पर्यटकको स्वागत सत्कार तथा पर्यटन क्षेत्रमा पुष्पको खपत बढ्ने पुर्ब अनुमान गरी अधिकांश पुष्प व्यवसायीहरुले आफ्नो भइरहेको उत्पादन क्षमतामा झण्डै २५ प्रतिशत भन्दा बढिले लगानी बृद्धि गरेको थियो । नेपाल भ्रमण बर्ष सन २०२० को लागि नेपालको बिभिन्न पर्यटकिय क्षेत्रहरुमा नयाँ नयाँ होटल व्यवसायको निर्माण तथा सौदर्यिकरणका कार्यहरु भई पुष्पको खपतमा बृद्धि भईरहेको थियो । नेपालमा कोराना भाइरसको संक्रमण देखिनु पुर्व आ.ब. २०७६/७७ को करिब ८ महिना (२०७६ फागुन मसान्तसम्म) पुष्प व्यवसायको उत्पादन तथा खपतमा अघिल्लो आ.ब. २०७५/७६ तुलनामा करिब १८% ले बृद्धि भईरहेको थियो । तर पुष्प व्यवसायले राम्रै गती लिईरहेको बेला विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण नेपाल पनि अछुतो रहन सकेन । यस रोगको संक्रमण हुनबाट जोगिन नेपाल सरकारले बि.सं.२०७६ चैत्र ११ देखि लामो समयसम्म पुर्ण रुपमा लकडाउनको घोषणा गरेको कारण समग्र आर्थिक क्षेत्रमा प्रतिकुल प्रभाव पा¥यो । चलायमान भईरहेको अर्थतन्त्र तथा मानब जीवन कोभिड–१९ महामारीका कारण बन्द कोठामा सिमीत हुन पुग्यो । ९० प्रतिशत भन्दा बढि स्वदेशी उत्पादनबाट आपुर्ती गर्दै आईरहेको कृषि क्षेत्रको बहुआयमिक र उदियमान बहुमुल्य पुष्प क्षेत्रले पनि अकल्पनिय क्षति ब्यहोर्नु प¥यो । मानब स्वास्थ्या नै प्रतिकुल रहेको बेला व्यवसायीक क्षेत्रमा असर नपर्ने कुरै भएन । बिशेषता पुष्प व्यवसायको उत्पादन तथा बजारीकरण क्षेत्रमा बढि प्रभाब पर्न गयो । पुष्प व्यवसायको बिबिध क्षेत्रहरु मध्ये कट फ्लावरको उत्पादन तथा बजारीकरणमा पुर्ण रुपले प्रभावीत भए । बिषेस गरी कट फ्लावर फूलको अधिक उत्पादन हुने र बजारीकरणको पनि राम्रो वातावरण हुने समय (फागुन, चैत्र, बैशाख, जेष्ठ, अषाढ) मा पुर्ण रुपमा देशै बन्दाबन्दि भईदिदा उत्पादित फूलहरु करिब ९७% सम्म फार्म केन्द्रहरुमानै नष्ट हुन पुग्यो । यस अवधीमा कट फ्वालरको व्यवसायीक कारोबार करिब ३% मात्रै भएको पाईएको छ । 
 
नर्सरी व्यवसाय क्षेत्र भित्र बिशेषगरी मौसमी फूलको व्यवसायीक उत्पादन गरी कारोबार गर्ने व्यवसायीहरु केहि बढि प्रभावीत भए । लकडाउन भएका कारण आवत जावत बन्द हुदा फार्म तथा नर्सरीको व्यवस्थापकिय कार्य सबै ठप्प हुन पुग्यो जसका कारण मौसमी तथा बहुवर्षिय फूल बिरुवाहरु गोडमेल, सिचाई, मलजल, औषधोउपचारको अभावले धेरैजसो फूल बिरुवाहरु नष्ट हुन गयो । मौसमी फूल बिरुवाहरुको कारोबारमा करिब ६५% सम्मले कमी आयो । यसै अवधीमा आलंकारिक फूल बिरुवाहरुको व्यवसायीक कारोबार गर्ने नर्सरी व्यवसायमा कम क्षति भएको पाईएको छ । तर आर्थिक÷व्यवसायीक गतीबिधी भने केहि समय ठप्प नै भएको थियो । तर पछि काठमाण्डौ भ्याली भित्र बसोबास गर्ने मानिसहरु कौशी खेती तर्फ आकर्षित भएको कारण नर्सरी व्यवसायीक कारोबारमा लकडाउन अवधी भित्रै पनि केहि गती लिएको पाईएको छ । 
गत आ.ब. २०७५/७६ मा २ अर्व ४२ करोड भन्दा बढिको वार्षिक कारोबार गरेको पुष्प व्यवसायले यस आ.ब.२०७६/७७ मा करिब रु.३ अर्व भन्दा बढिको कारोबार गर्ने प्रक्ष्येपण रहेकोमा कोभिड–१९ को महामारीका कारण व्यवसायीक गतिबिधीमा कमी भई यस बर्ष रु. २ अर्व १५ करोड मात्र कारोबार भएको छ । 
 
आ.ब. २०७६/७७ मा सिजनल फूल बिरुवा तर्फ रु २८.१७ करोड, आलंकारिक वोट बिरुवा तर्फ रु. ५७.७४ करोड, कट फ्लावर्स तर्फ रु २९.०६ करोड, ल्याण्डस्केप तथा गार्डेनिङ्ग तर्फ रु २२.१५ करोड, खुल्ला फूल तर्फ रु.९.०८ करोड, सयपत्री तथा मखमली माला तर्फ रु.३६.४० करोड, सामग्री आपुर्ति तर्फ रु.२१.४५ करोड, अन्य (कार्पेट ग्रास, बल्ब, राईजम टयुवर टिष्यूकल्चर आदि) तर्फ रु ११.२७ करोड, र निर्यात तर्फ रु ०.५४ करोड गरि जम्मा २ अर्व १५ करोडको कारोबार भएको छ भने यहि आर्थिक बर्ष २०७६/७७ मा २६.८९ करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे छ । 
 
नेपालको भौगोलिक बनावट, जैविक विविधता जलवायुको दृष्टिकोणले तराई देखि पहाडी जिल्लाहरुमा पुष्प व्यवसाय गर्न सकिने उपयुक्त र पर्याप्त ठाउहरु रहेको छ । नेपालको पुर्व देखि पश्चिमसम्म प्रायजसो सबै क्षेत्रमा पुष्प व्यवसाय गर्न सकिन्छ । धेरै संभाव्यता बोकेको पुष्प व्यवसाय आयमुलक, रोजगारमूलक तथा निर्यातमुलक व्यवसाय पनि हो । हाल सबै भन्दा बढि काठमाण्डौ उपत्यकामा पुष्पको खपत हुने गरेको छ । पुष्पको उत्पादन तथा खपतको हिसाबले पनि सात प्रदेश मध्ये बागमती प्रदेशको हिस्सा करिब ६० प्रतिशत रहेको छ । बाँकी ४० प्रतिशत पुष्पको खपत अन्य ६ (प्रदेश १,२, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमाञ्चल) प्रदेशमा रहेको छ । नेपालको समग्र आन्तरिक माग परिपूर्तिमा अझै करिब ९ प्रतिशत भन्दा बढि बाह्य मुलुकमा नै निर्भर भईरहनु परेको छ । एक उद्योगको रुपमा अगाडी बढीरहेको पुष्प व्यावसायको दिगो संस्थागत विकास, गुणस्तरीय उत्पादन, आन्तरिक बजार व्यवस्थापन, आयात प्रतिस्थापन तथा निर्यात प्रबद्र्धन आदिमा सम्बन्धित, संघ संस्थाहरुले निर्वाह गर्नु पर्ने महत्वपुर्ण भुमिकाको साथै आगामी दिनहरुमा पूष्प व्यवसायको दिगो व्यवसायिकरणका लागि गुस्तरिय उत्पादन, संकलन, भण्डारण, बजारीकरण र निर्यात प्रबद्र्धनमा गुणात्मक फड्को मार्नु आजको आवश्यकता पनि हो । नेपाल सरकार तथा सरोकारवाला निकायहरुले पुष्प व्यवसायलाई निर्यात मुलक बस्तुको प्राथकिताको सुचीमा समेटी यसको व्यापक अध्ययन अनुसन्धान गरी वातावरण सुहाउदो पुष्प खेती प्रबिधीको बिकासका साथै बजारिकरणमा जोड दिने हो भने आगामी केही वर्षमानै अहिले भईरहेको पुष्प आयातलाई प्रतिस्थापन गरी  निर्यात गर्न सकिने सम्भावना रहेको छ । 

   

Visitor List:

[ x ]

TRENDING NOTICE

ADMINNovember 30th, 2020

२०७७ सालको तिहार पर्वमा खपत भएको सयपत्री तथा मखमली फूलको माग र आपुर्ति सम्बन्धि प्रेस बिज्ञप्ती    यस बर्षको दशै पछिको दोस्रो नेपालीहरुको महान चाड तीहार पर्व कोरोना...

ADMINAugust 12th, 2020

प्रेस...

View All