फ्लोरिकल्चर एशोसिएसन नेपाल
FLORICULTURE ASSOCIATION NEPAL(FAN)

Estab:15, Nov, 1992
SELECT LANGUAGE : ENGLISH NEPALI
मुख्य समाचार
२१ औं फ्लोरा एक्स्पो २०७४ ||                            सूची दर्ता गर्ने बारे सुचना ||                            बोलपत्र÷दरभाउपत्र आब्हानको सुचना ||                            पुष्प व्यवसायी सदस्यहरुलाई अनुदान बितरणका लागि प्रस्ताब आब्हान सम्बन्धि सूचना ||                            प्रस्ताब छनौट भएका पुष्प व्यवसायीहरुको सूची २०७४ ||                            प्रस्ताब मुल्याङ्कनको आधारहरु ||                           

महातोपुर्ना लिंक्सहरु

"Clean Environment & Economic Prosperity through Floriculture"

परिचय

फ्लोरिकल्चर एशोसिएशन नेपालको स्थापना २०४९ साल कार्तिक ३० गते समग्र नेपाली पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले पुष्प व्यबसायमा संलग्न ११ जना संस्थापक सदस्यहरुको सहयोगमा स्थापना भएको एक मात्र नेपाली पुष्प व्यवसायीहरुको छाता संगठन हो । यस संस्थाको ५४४ जना सदस्यहरु रहेको छन् । यो संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल च्याम्बर अफ कमर्सको सदस्य समेत रहेको छ । यस संस्थाले स्थापना पश्चात आजसम्म आई पुग्दा पुष्प व्यवसायको  क्षेत्रमा धेरै बिकास गर्न सकेको छ । एक दशक अघाडीसम्म बिदेशी फूल बिरुवामा निर्भर रहने गरेकोमा हाल आएर आन्तरिक मागको झन्डै ८० प्रतिशत स्वदेशी उत्पादनले पुरा गर्न सकेको छ । नोपलबाट केहि मात्रमा पुष्प तथा पुष्प जन्य बस्तुहरु निर्यात हुदै आएको छ । यस संस्थाले पुष्प व्यवसाय अन्तर्गत नर्सरी, कट–फ्लावार, आलंकारिक बोट बिरुवा, बगैचा सजावट, पुष्प जन्य बस्तुहरु, ड्राई फ्लावार एवं सजावटसंग गाँसिएको व्यवसायलाई समेटेको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल  पुष्प व्यवसायको विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने कार्यमा क्रियाशील छ । जसको फलस्वरुप आज हामी पुष्प व्यवसायलाई उद्योगको रुपमा हेर्न सक्ने अवस्थासम्म आइपुगेका छौं । 

 
फ्यानले पुष्प व्यवसायको व्यवसायीक प्रवद्र्धनको लागी बि.स. २०५१ सालबाट निरन्तर रुपमा पुष्प व्यापार मेला÷प्रदर्शनीको आयोजना गर्दै आएको छ । नेपालको भौगोलीक बनौट, जैविक विविधता, उपयुक्त प्रकारको हावापानी भएको कारण बाह्रै महिना पुष्प खेतीको लागी उपयुक्त मानिएको छ ।  नेपालमा हरेक बर्ष १० देखि १५% का दरले यसको उपभोग तथा उत्पादनमा बृद्धि भईरहेको सन्दर्भमा यस संस्थाले पुष्प व्यवसायीक बिकास बिस्तार र प्रबद्र्धनका लागि बिभिन्न रणनीतिक कार्यक्रम तय गरि कार्य गरि रहेको छ । 

»
बाँकी

सन्देश

 

Kumar Kasaju Shrestha
President

वर्तमान युगमा सूचना प्रबिधीको ठूलो महत्व रहेको कुरालाई मध्य नजर गर्दै फ्लोरिकल्चर एशोसिएसन नेपालबाट भईरहेको र आगमी दिनमा गरिने कृयाकलाप तथा कार्ययोजनाहरु सहित पुष्प व्यवसायमा भईरहेको नयाँ नयाँ प्रबिधी तथा जनसरोकारका बिषयहरुसंग सम्बन्धित महत्वपूर्ण सूचनाहरु यस वाईभसाइृटमा राखी सूसुचित गर्ने प्रयास गरिएको छ ।

 

»
बाँकी