स्वागतम

फ्लोरिकल्चर एशोसिएशन नेपालको आधिकारिक वईभसाईटमा यहाँहरुलाई हार्दिक स्वागत छ । फ्लोरिकल्चर एशोसिएशन नेपालको स्थापना २०४९ साल कार्तिक ३० गते समग्र नेपाली पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले पुष्प व्यबसायमा संलग्न १० जना संस्थापक सदस्यहरुको सहयोगमा भएको एक मात्र नेपाली पुष्प व्यवसायीहरुको छाता संगठन हो । यस संस्थाको ५६५जना साधारण सदस्यहरु रहेको छन् ।
 
यो संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल च्याम्बर अफ कमर्सको सदस्य समेत रहेको छ । यस संस्थाले स्थापना पश्चात आजसम्म आई पुग्दा पुष्प व्यवसायको  क्षेत्रमा धेरै बिकास गर्न सकेको छ । एक दशक अघाडीसम्म बिदेशी फूल बिरुवामा निर्भर रहने गरेकोमा हाल आएर आन्तरिक मागको झन्डै ८० प्रतिशत स्वदेशी उत्पादनले पुरा गर्न सकेको छ । नोपलबाट केहि मात्रमा पुष्प तथा पुष्प जन्य बस्तुहरु निर्यात हुदै आएको छ । यस संस्थाले पुष्प व्यवसाय अन्तर्गत नर्सरी, कट–फ्लावार, आलंकारिक बोट बिरुवा, बगैचा सजावट, पुष्प जन्य बस्तुहरु, ड्राई फ्लावार एवं सजावटसंग गाँसिएको व्यवसायलाई समेटेको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल  पुष्प व्यवसायको विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने कार्यमा क्रियाशील छ । जसको फलस्वरुप आज हामी पुष्प व्यवसायलाई उद्योगको रुपमा हेर्न सक्ने अवस्थासम्म आइपुगेका छौं ।
  
फ्यानले पुष्प व्यवसायको व्यवसायीक प्रवद्र्धनको लागी बि.स. २०५१ सालबाट निरन्तर रुपमा पुष्प व्यापार मेला÷प्रदर्शनीको आयोजना गर्दै आएको छ । नेपालको भौगोलीक बनौट, जैविक विविधता, उपयुक्त प्रकारको हावापानी भएको कारण बाह्रै महिना पुष्प खेतीको लागी उपयुक्त मानिएको छ ।  नेपालमा हरेक बर्ष १० देखि १५%का दरले यसको उपभोग तथा उत्पादनमा बृद्धि भईरहेको सन्दर्भमा यस संस्थाले पुष्प व्यवसायीक बिकास बिस्तार र प्रबद्र्धनका लागि बिभिन्न रणनीतिक कार्यक्रम तय गरि कार्य गरि रहेको छ । 
 

   

Dally Visitor:

[ x ]

TRENDING NOTICE

ADMINDecember 1st, 2017

मिति ः२०७४/०८/१० श्रीमान फ्यान सदस्यज्यूहरु, यस संस्थाकोे २५ औं वार्षिक साधारण सभाले निर्णय गरे अनुसार संस्थाकोे सदस्यज्यूहरुले आफ्नो नर्सरी÷फर्म विगत ५ वर्ष वा त्यस भन्दा वढी सम्म लगातार...

View All