मुख्य कृयाकलापहरु

यस संस्थाले स्थापना पश्चात आजसम्म आई पुग्दा पुष्प व्यवसायको  क्षेत्रमा धेरै बिकास गर्न सकेको छ । एक दशक अघाडीसम्म बिदेशी फूल बिरुवामा निर्भर रहने गरेकोमा हाल आएर आन्तरिक मागको झन्डै ८० प्रतिशत स्वदेशी उत्पादनले पुरा गर्न सकेको छ । नेपालबाट केहि मात्रमा पुष्प तथा पुष्प जन्य बस्तुहरु निर्यात हुदै आएको छ । यस संस्थाले पुष्प व्यवसाय अन्तर्गत नर्सरी, कट–फ्लावार, आलंकारिक बोट बिरुवा, बगैचा सजावट, पुष्प जन्य बस्तुहरु, ड्राई फ्लावार एवं सजावटसंग गाँसिएको व्यवसायलाई समेटेको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल  पुष्प व्यवसायको विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने कार्यमा कृयाशील रहेको छ । जसको फलस्वरुप आज  पुष्प व्यवसायले एक उद्योग कै रुप लिई सकेको छ ।  

नेपालको भौगोलीक बनौट, जैविक विविधता, उपयुक्त प्रकारको हावापानी भएको कारण बाह्रै महिना पुष्प खेतीको लागी उपयुक्त मानिएको छ ।  नेपालमा हरेक बर्ष १० देखि १५ % का दरले यसको उपभोग तथा उत्पादनमा बृद्धि भईरहेको सन्दर्भमा यस संस्थाले पुष्प व्यवसायीक बिकास बिस्तार र प्रबद्र्धनका लागि बिभिन्न रणनीतिक कार्यक्रम तय गरि कार्य गरि रहेको छ ।

फ्यानले पुष्प व्यवसायको व्यवसयिक प्रर्वद्धनका लागि २०५१ सालबाट निरन्तर रुपमा पुष्प व्यापार मेला र पुष्प प्रदर्शनीको आयोजना गर्दैै आएको छ र हालसम्म  २१ वटा राष्ट्रिय स्तरको, तीन वटा अन्तराष्ट्रिय स्तरको, ३ वटा कृषि उद्यम केन्द्र संग मिलेर पुष्प प्रर्दशनी (एग्रो एक्स्पो) सम्पन्न भइसकेको छ भने त्यस्तै नेपाल सरकारका सम्बन्धित बिभाग (बनस्पती बिभाग तथा कृषि बिभाग) संग मिलेर १७ वटा गोदावरी फूलको प्रदर्शनी, फ्यानको आफ्नै पहलमा ४ वटा गोदावरी फूलको प्रदर्शनी, २ वटा लालुपाते फूलको प्रदर्शनी तथा पोखरामा ६ वटा र धरानमा २ वटा गरी ८ वटा क्षेत्रीय स्तरको पुष्प प्रदर्शनी संचालन भईसकेको छ ।

फ्यान ले मुख्य गरि निम्न कार्य गर्दै आईरहेको छ ।

 प्रबद्र्धनात्मक कार्य
      – पुष्प मेला÷प्रदर्शनीको नियमित आयोजना र सहभागिता
      – आन्तरिक र बाह्य अबलोकन भ्रमण
      – पुष्पको बजार प्रबद्र्धन 
      – पुष्पको बजार अनुसन्धान र बिश्लेषण
 बिकाश कार्य
      – तालिम
      – उत्पादन परिक्षण
      – व्यवसायीक योजनाको निर्माण
      – पूर्वधार बिकासमा सहयोग
      – संभाब्यता अध्ययन
      – खोज र अनुसन्धान
प्रबिधी हस्तान्तरण
      – प्रकाशन – अध्ययन प्रतिबेदनहरु, डाईरेक्टरी, सोभनियर, फूल खेती प्रबिधी आदि
      – सुचना बैंक
संरक्षण र संम्बद्र्धन 
      – केन्द्रिय, प्रदेश तथा स्थानिय सरकारसंग समन्वयन तथा नीति पैरवी
      – संघ संस्थासंग समन्वयन 
 

   

Dally Visitor:

[ x ]

TRENDING NOTICE

ADMINDecember 1st, 2017

मिति ः२०७४/०८/१० श्रीमान फ्यान सदस्यज्यूहरु, यस संस्थाकोे २५ औं वार्षिक साधारण सभाले निर्णय गरे अनुसार संस्थाकोे सदस्यज्यूहरुले आफ्नो नर्सरी÷फर्म विगत ५ वर्ष वा त्यस भन्दा वढी सम्म लगातार...

View All