पुष्प व्यवसायको वर्तमान अवस्था

- Thursday, November 30th, 2017
भौगोलिक तथा जैबिक बिबिधता
नेपाल भौगोलिक क्षेत्रले सानो भए पनि जैविक विविधताको दृष्टिले ज्यादै सम्पन्न छ । भू–मध्य रेखा देखि ध्र्र्रुवीय क्षेत्रसम्मको १०,००० किलोमिटर भित्र फैलिएको विभिन्न जलवायुको वातावरणलाई प्रतिनिधित्व गर्ने विविधता तराई र मधेसमा उष्ण क्षेत्र देखि उच्च हिमाली क्षेत्र बीच १०० किलो मिटर भित्र प्राप्त छ । विश्व मानचित्रको अनुपातमा नेपालले ओगटेको भू–भाग केबल ०.१५ मात्र हो । नेपालमा पहिचान भएको करिब ५ हजार ५ सय प्रजातिका फूल फुल्ने विरुवाहरु रहेको तथ्यांक छ जसमा ३ सय २४ प्रजातिहरु अन्य मुलुकहरुमा पाईदैन । विश्व भरिमा हाल अस्तित्वमा रहेका २ लाख ५० हजार भन्दा बढि यस्ता विरुवाहरुको तुलनामा यो संख्या २.२ प्रतिशत हुन आउँछ । जैबिक बिबिधता रहेको नेपालमा सबै खाले फूल बिरुवाहरु (बनस्पति) सजिलै उत्पादन गर्न सकिने पर्याप्त ठाउहरु रहेको हुदा जुनसूकै फूलहरु उत्पादन गर्न सकिने संभावना रहेको छ ।
 
पुष्प व्यवसायको क्षेत्र
फ्लोरिकल्चर भन्नाले फूलको खेती लगायत नर्सरी, ड्राईफ्लावर, टिस्युकल्चर आदि समेतलाई समेट्दछ । नर्सरीको शाब्दिक अर्थ सबै प्रकारको बाली र्हुकाउने स्थललाई जनाउदछ । फ्लोरिकल्चर क्षेत्र अन्तर्गत अलंकारिक बोट विरुवा, मौसमी फूल, कट फ्लावर, ड्राई फ्लावर आदि बोट विरुवाहरु पर्न जान्छन् । मौसमी फूलहरुमा पनि एकथरी मौसममा फूल फुल्दछ र फूल फुलि सके पछि बोट मर्दछन् भने अर्को थरी बोट सधैं बाँचिरहन्छन् तर फूल भने आफ्नो मौसममा मात्र फुल्ने गर्दछ । कट फ्लावर भन्नाले जुन फुललाई काटिसके पछि पनि निश्चित समयसम्म  पानीमा राख्दा धेरै दिन सम्म रहन्छ त्यस्तो फूलहरुलाई कट फ्लावर भन्ने गरिन्छ । त्यस्तै कुनै फूललाई सुकाएर प्रयोग गर्न सकिन्छ भने त्यस्ता फूलहरुलाई ड्राई फ्लावर भनिन्छ । समग्रमा भन्दा घरको भित्रि भाग वा बाहिरी भाग, शहर, कार्यालय सजावटमा प्रयोग हुने, विवाह, व्रतबन्ध, पास्नि आदि, शुभकाममा आदन–प्रदान, बिदाई, स्वागत, समवेदना प्रकट गर्दा प्रयोग हुने, मन्दिर, मस्जिद, गिर्जाघरमा चढाउँदा प्रयोग गरिने र यसको प्रयोगका लागि सहायक वस्तुहरुको उत्पादन, सजावट र बिक्रि समेत फ्लोरिकल्चर अन्तर्गत पर्दछ ।
 
पुष्प व्यवसायको बर्तमान अवस्था
नेपालको भौगोलिक बनावट, जैविक विविधता जलवायुको दृष्टिले पुष्प व्यवसायको लागि उपयुक्त छ । धेरै संभाव्यता बोकेको पुष्प व्यवसाय एक निर्यात मुखी व्यवसाय पनि हो । फ्लोरिकल्चर एशोसिएसन नेपालले स्थापना काल देखि नै पुष्प व्यवसायमा आईपरेका विभिन्न चुनौति तथा समस्याहरुलाई चिर्दै संभावनालाई पहिल्याउदै सम्पुर्ण पुष्प व्यवसायीहरुको हकहितको लागि निरन्तर रुपमा नेपालमा पुष्प व्यवसायको समग्र बिकास, बिस्तार तथा प्रबद्र्धन गर्दै आईरहेको छ । नेपालमा बि.स. २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तार संग संगै काठमाण्डौँ उपत्यका भित्र मात्र सिमीत नरहि पोखरा, नारायणघाट, हेटौँडा, विराटनगर, धरान, बुटवल, धनगढी लगायतका सहरहरुमा फैलदो स्थितिमा रहेको छ । नेपाली पुष्प व्यवसाय आ.ब. २०७४÷७५ सम्म आई पुग्दा लगभग ६९७ पुष्प व्यवसायीहरु पुष्प व्यवसाय गरिरहेको र ४३ जिल्लामा पुष्प खेत िबिस्तार भईसकेको छ । हाल लगभग १५५ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको, ४३,५०० भन्दा बढि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पुष्प व्यवसामा आश्रित व्यक्तिहरु रोजगारी उपलब्ध गराई रहेको, यस व्यवसायले आ.ब. २०७४÷७५ मा सिजनल फूल बिरुवा तर्फ रु ३०.२८६३ करोड, आलंकारिक वोट बिरुवा तर्फ रु. ५८.२६५९ करोड, कट फ्लावर्स तर्फ रु ३१.२३२३ करोड, ल्याण्डस्केप तथा गार्डेनिङ्ग तर्फ रु २३.८१२८ करोड, खुल्ला फूल तर्फ रु.१०.२३३३ करोड, सामग्री आपुर्ति तर्फ रु.१८.५३६५ करोड, अन्य (कार्पेट ग्रास, बल्ब, राईजम टयुवर टिष्यूकल्चर आदि) तर्फ रु ११.५८०८ करोड, र निर्यात तर्फ रु २.३७२ करोड गरि जम्मा १ अर्व ८६.७१९९ करोड भन्दा बढिको कारोबार गर्न सफल भएको छ ।
आ.ब.२०७४÷७५ मा ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे छ । समग्रमा पुष्प व्यवसायकको बार्षिक बृद्धिदर १० देखि १५% को हाराहारीमा रहेको छ । पुष्प व्यवसायमा प्राय स्थानिय स्रोत र साधानको प्रयोग भैरहेकोले गर्दा स्थानिय स्तरको बिकासको क्रम बढ्दो छ । हाल आएर पुष्प तथा पुष्पजन्य व्यवसायमा संलग्न दक्ष तथा अर्धदक्ष कामदारहरुले वैदेशिक रोगजार पाउने क्रम पनि बढ्दो छ ।

   

Dally Visitor:

[ x ]

TRENDING NOTICE

ADMINDecember 1st, 2017

मिति ः२०७४/०८/१० श्रीमान फ्यान सदस्यज्यूहरु, यस संस्थाकोे २५ औं वार्षिक साधारण सभाले निर्णय गरे अनुसार संस्थाकोे सदस्यज्यूहरुले आफ्नो नर्सरी÷फर्म विगत ५ वर्ष वा त्यस भन्दा वढी सम्म लगातार...

View All