पुष्प व्यबसायीद्वारा धोबीखोलाको सरसफार्इ

- Thursday, November 30th, 2017

असोज २१ गते २०७४, काठमाडौं ।
फलोरिकल्चर एसोसिएसन नेपाल फ्यानको अगुवाईमा मिति २०७४ असोज २१ गते काठमाण्डौंको रुद्रमती नदी (धोबीखोला) को सरसफाई सहित आफैले लगाएका बोट बिरुवाको गोडमेल गरेको छ । रजत महोत्सब मनाउने क्रममा फ्लोरिकल्चर एशोसिएशन नेपालले स्थानिय रुद्रमति सरोकार समाज र वाताबरण संरक्षण अभियानको सहकार्यमा रुद्रमति नदीको रातोपुल कालोपुल र सेतोपुल सम्म खोला दुबै किनारामा रहेको फोहर सरसफाई गरेको छ ।
धोबीखोला किनारमा लगाइएको बोट बिरुवाहरु  स्थानियहरुको सकृयतामा बिरुवाको गोडमेल तथा हाँगाहरु काँटछाँट गरिएको थियो । दुईवर्ष अघि प्mयानले रातोपुल देखि कालोपुल सम्म खोलाको किनारमा नेपाल सरकार कृषि बिकास मन्त्रालयको अनुदान सहयोगमा एक हजार फूलका बोट लगाएको थियो । सरसफाई गर्ने क्रममा ती फूल विरुवाको काँटछाँट गर्नुको साथै गोलमेड गरेको सरसफार्इ गरिएको थियो । सरसफाई अभियानका संयोजकमा बिश्वमणी पोखरेल रहेको थियो । संस्थाको रजत जयन्ती महोत्सवको अबसर पार्दै सामाजिक उतरदायित्व बोध गरी वातावरण संरक्षण गर्न विभिन्न संघ सस्था संग सहकार्य गर्दै आएको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडा अध्यक्ष्य दलबहादुर कार्कीले रुद्रमति खोलाको ऐतिहासिक महत्व लगायत यसमा पाईने विभिन्न जडिबुटिको स्मरण गराउँदै रुद्रमति खोलालाई पुरानै अवस्थामा फर्काउन आफु लागि पर्ने कुरा उक्त कार्यक्रमका अवसरमा व्यक्त गरेको थिए । रुद्रमति सरसफाईमा स्थानिय टोलबासी राजनैतिक दलका कार्यकर्ता नेपाल सरकारका पूर्व मुख्य सचिव तथा चीनका लागि नेपाली राजदुत लिलामणि पौडेल, पूर्व डिआईजी विज्ञानराज शर्मा लगायतको उपस्थीती रहेको थियो ।

   

Dally Visitor:

[ x ]

TRENDING NOTICE

ADMINDecember 1st, 2017

मिति ः२०७४/०८/१० श्रीमान फ्यान सदस्यज्यूहरु, यस संस्थाकोे २५ औं वार्षिक साधारण सभाले निर्णय गरे अनुसार संस्थाकोे सदस्यज्यूहरुले आफ्नो नर्सरी÷फर्म विगत ५ वर्ष वा त्यस भन्दा वढी सम्म लगातार...

View All