फ्लोरिकल्चर एशोसिएसन नेपाल
FLORICULTURE ASSOCIATION NEPAL(FAN)

Estab:15, Nov, 1992
SELECT LANGUAGE : ENGLISH NEPALI
News Headlines
21st Flora Expo 2018 ||                            Suchikrit Register Notice ||                            Tender Notice ||                            Notice for Proposal ||                            Proposal Selection list of Floriculture Entrepreneurs 2074 ||                            Proposal Evaluation Criteria ||                           

Present Status

 भौगोलिक तथा जैबिक बिबिधता

नेपाल« भौगोलिक क्षेत्रले सानो भए पनि जैविक विविधताको दृष्टिले ज्यादै सम्पन्न छ । भू–मध्य रेखा देखि ध्र्र्रुवीय क्षेत्रसम्मको १०,००० किलो मिटर भित्र फैलिएको विभिन्न जलवायुको वातावरणलाई प्रतिनिधित्व गर्ने विविधता तराई र मधेसमा उष्ण क्षेत्र देखि उच्च हिमाली क्षेत्रबीच १०० किलो मिटर भित्र प्राप्त छ । विश्व मानचित्रको अनुपातमा नेपालले ओगटेको भू–भाग केबल ०.१५ मात्र हो । नेपालमा ५ हजार ८ सय ३३ प्रजातिका फूल फुल्ने विरुवाहरु रहेको तथ्यांक छ जसमा २ सय ४६ प्रजातिहरु अन्य मुलुकहरुमा पाईदैन । विश्वभरिमा हाल अस्तित्वमा रहेका २ लाख ५० हजार भन्दा बढि यस्ता विरुवाहरुको तुलनामा यो संख्या १.०७५ हुन आउँछ । जैबिक बिबिधता रहेको नेपालमा सबै खाले फूल बिरुवाहरु (बनस्पति) सजिलै उत्पादन गर्न सकिने पर्याप्त ठाउहरु रहेको हुदा जुनसूकै फूलहरु उत्पादन गर्न सकिने संभावना रहेको छ ।
 
पुष्प व्यवसायको क्षेत्र
फ्लोरिकल्चर भन्नाले फूलको खेती लगायत नर्सरी, ड्राईफ्लावर, टिस्युकल्चर आदि समेतलाई समेट्दछ । नर्सरीको शाब्दिक अर्थ सबै प्रकारको बाली र्हुकाउने स्थल हुन आउँदछ । हाम्रो क्षेत्र अन्तर्गत अलंकारिक बोट विरुवा, मौसमी फूल, कट फ्लावर, ड्राई फ्लावर आदि बोट विरुवा पर्न जान्छन् । मौसमी फूलहरुमा पनि एकथरी मौसममा फूल फुल्दछ र फूल फुलिसकेपछि बोट मर्दछन् भने अर्को थरी बोट सधैं बाँचिरहन्छन् तर फूल भने आफ्नो मौसममा मात्र फुल्ने गर्दछ । कट फ्लावर भन्नाले जुन पूmललाई काटिसके पछि पनि पानीमा राख्दा धेरै दिन सम्म रहन्छ । त्यस्तो फूलहरुलाई कट फ्लावर भन्ने गरिन्छ । त्यस्तै कुनै फूललाई सुकाएर प्रयोग गर्न सकिन्छ भने त्यस्ता फूलहरुलाई ड्राई फ्लावर भनिन्छ । समग्र रुपमा भन्दा घरको भित्रि भाग वा बाहिरी भाग, शहर, कार्यालय सजावटमा प्रयोग हुने, विवाह, व्रतबन्ध, पास्नि आदि, शुभकाममा आदन–प्रदान, बिदाई, स्वागत, समवेदना प्रकट गर्दा प्रयोग हुने, मन्दिर, मस्जिद, गिर्जाघरमा चढाउँदा प्रयोग गरिने र यसको प्रयोगका लागि सहायक वस्तुहरुको उत्पादन, सजावट र बिक्रि समेत फ्लोरिकल्चर अन्तर्गत पर्दछ ।
 
पुष्प व्यवसायको बर्तमान अवस्था
नेपालमा सन् १९५० बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय आ.ब. २०७०÷७१ सम्म आई पुग्दा हाल ३८ जिल्लामा लगभग ६७५ पुष्प फर्म÷नर्सरीहरु बिस्तार भईसकेको छ । लगभग १४१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको र ४१,००० भन्दा बढि व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी उपलब्ध गराई रहेको यस व्यवसायले आ.ब. २०७१÷७२ मा सिजनल फूल बिरुवा तर्फ रु २२.७६४ करोड, आलंकारिक वोट बिरुवा तर्फ रु. ४०.०५७५ करोड, कट फ्लावर्स तर्फ रु २१.४७२५ करोड, ल्याण्डस्केप तथा गार्डेनिङ्ग तर्फ रु १७.८९२ करोड, खुल्ला फूल तर्फ रु.७.०३५ करोड, सामग्री आपुर्ति ९क्ष्लउगतक कगउउथि० तर्फ रु.१३.०२ करोड, अन्य (कार्पेट ग्रास, बल्ब, राईजम टयुवर टिष्यूकल्चर आदि) तर्फ रु ८.७४६५ करोड, र निर्यात तर्फ रु ३.१५ करोड गरि जम्मा १ अर्व ३४.१३७५ करोड भन्दा बढिको कारोबार भएको छ ।  आ.ब.२०७१÷७२ मा १०.०० करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएको छ । पुष्प खेती÷व्यवसायमा प्राय स्थानिय स्रोत र साधानको प्रयोग भैरहेकोले गर्दा स्थानिय स्तरको बिकासको क्रम बढ्दो छ । हाल आएर पुष्प तथा पुष्पजन्य व्यवसायमा संलग्न दक्ष तथा अर्धदक्ष कामदारहरुले वैदेशिक रोगजार पाउने क्रम पनि बढ्दो छ ।